१५ चैत्र २०८०, बिहीबार

कार्यसूचीबाट हटाइयाे नागरिकताबाहेकका विषय, विधेयकमाथि दफावार छलफल सुरु

RS KTM samsad 20200510 Samsad2 650x379 1
फाइल फोटो

प्रतिनिधिसभाकाे शुक्रबारकाे बैठककाे कार्यसूचीबाट नेपाली नागरिकता विधेयकबाहेकका विषय हटाइएको छ ।

प्रतिनिधिसभा बैठकले ‘फास्ट ट्रयाक’बाट सो विधेयक पारित गराउने उद्देश्यसहित अन्य विषय कार्यसुचीबाट हटाइएकाे हाे ।

शुक्रबारकाे बैठककाे सम्भावित कार्यसूचीमा नागरिकता विधेयकसहित अन्य विषय पनि समेटिएकाे थियाे । तर, बैठक बस्ने बेलामा नागरिकता विधेयकबाहेकका विषय हटाइएकाे हाे ।

अहिले नेपालकाे नागरिकता (पहिलाे स‌ंशाेधन) विधेयक २०७९ माथिकाे दफावार छलफल चलिरहेकाे छ ।

286376996 2465481123594032 1434654736709376275 n
291137549 636623364032087 8251432130629251273 n