१२ बैशाख २०८१, बुधबार

(फोटो फिचर) आक्रमक प्रचार प्रसार यस्तो देखियो ‘म’

1 2

प्रदर्शन हुन १५ दिन रहँदा म प्रचार प्रसारमा आक्रमक देखिएको छ ।

फिल्म ‘म’ को प्रचार प्रसार टिम आजबाट फिल्मको बारेमा जानकारी गराउदै काठमाण्डौका विभिन्न चोक तथा गल्लीहरुमा देखीयो । प्रसार प्रसारका भिन्न भिन्न समुह बनाएर निस्केको म को टिमका सबै सदस्यले अनुहारमा कलात्मक पेन्टीङ्ग सहीतको म अंकीत लोगो र टिसर्ट लगाएर फिल्मको बारेमा आम सर्वसाधारण दर्शकलाई जानकारी गराउदै हीडीरहेका थिए ।

सडकमा हीड्ने आम मानिससँग पनि प्रत्यक्ष रुपमा आमुन्ने सामुन्ने हुदा चली आएका फिल्मका प्रचार शैली भन्दा यो केही प्रभावकारी हुन सक्ने सम्भावना देखीएको छ । फिल्मका मार्केटीङ्ग एक्जेक्युटीभ रमेश पुरीसँग हामीले बुझ्दा आज प्रसार प्रसार टिम अनामनगर, नयाँबानेश्वर, कमलपोखरी, डिल्ली बजार, मैतिदेवी, पुरानो बानेश्वर र पुतलीसडकमा यो प्रचार अभियान सुरु गरीएको र अन्य दिनमा पनि विभिन्न स्थानहरुमा यसरी नै प्रत्यक्ष रुपमा प्रचार प्रसार गरिने शैलीलाई निरन्तरता दिने पुरीले जानकारी दिए ।

योसँगै फिल्मको ट्रेलर काठमाण्डौका सबै चोक चोकमा रहेका डिजीटल स्क्रिनहरुमा पनि हिजैबाट बजेको देखीयो । हलमा र युट्युवमा मात्रै फिल्मको ट्रेलर देखाईदै आएको अवश्थामा यो प्लेटफर्म पनि फिल्मको प्रचार प्रसारको लागी नयाँ पक्कै हो ।

फिल्म म यही आउने श्रावण २० गतेबाट देश भर प्रदर्शन हुदैछ । हिजो मात्रै यो फिल्मको ट्रेलर सार्वजनिक भएको थियो । ट्रेलर सार्वजनिक कार्यक्रममा उपस्थित कलाकार तथा फिल्मकर्मीहरुले ट्रेलरलाई फरक र नयाँ भएको प्रतिकृया दिएका थिए ।

कान्तिपुर फिल्म एकेडेमीले पहीलो पटक निर्माण गरेको फिल्म म का निर्देशक सुवर्ण थापा हुन भने फिल्ममा सरोज खनाल, निशा अधिकारी, निराजन प्रधान, रुविना थापा, सविन श्रेष्ठ, नरेन खड्का, सरीता लामीछाने संजोग रसाईली र पुनम श्रेष्ठ लगायत कलाकारहरुको अभिनय रहेको छ ।

13
12
11 1
10
9
8
7 2
6 1
5 1
4 3
3 2
2 3
1 2
unnamed

    सम्बन्धित समाचार...