८ बैशाख २०८१, शनिबार

प्रतिनिधिसभा बैठकको कार्यसूचीमा नागरिकता विधेयक पारित गरियोस् भन्ने प्रस्ताव

nepal parliament building

संसदबाट आज नागरिकता विधेयक पारित हुँदैछ ।

आज बस्ने प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा विधेयक पारित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गरिने संसद सचिवालयले उल्लेख छ ।

गृहमन्त्री बालकृष्ण खाणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि छलफल शुरू हुनेछ ।

छलफलपछि विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । विधेयकमा ४५ जना सांसदले ३१ वटा संशोधन दर्ता गराएका छन् । विधेयक संसदीय समितिमा नपठाई संसदबाटै पारित गर्ने सरकारको तयारी छ ।

अघिल्लो सरकारले ल्याएको नागरिकता विधेयक साढे ३ वर्षपछि फिर्ता लिएर सरकारले अर्को विधेयक संसदमा लगेको हो ।

यस्तै बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको कारागार विधेयक २०७६ माथि छलफल गरी पारित गर्ने सरकारको तयारी छ।

राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विशेष सेवा विधेयक २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।