१५ बैशाख २०८१, शनिबार

दुई सडक पहिरोका कारण अवरुद्ध

pahiro 1
फाइल फोटो

काठमाडौंको तारकेश्रर नगरपालिका–३ पाँचमानेस्थित सडकको भितामाथि रहेको ठुलोढुङ्गा गएराति बाटोमा खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको छ । 

सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । 

लमजुङको बेशीशहर नगरपालिका–१ उदिपुरस्थित सडकमा बिहीबार बिहान पहिरो झर्दा डुम्रे– बेसिशहर सडक पूर्णरुपमा अवरुद्ध भएको छ । 

अस्थाई प्रहरी पोष्ट उदिपुरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

    सम्बन्धित समाचार...