१५ चैत्र २०८०, बिहीबार

पश्चिम नेपालमा प्रचण्ड गर्मी

temperature hot

मध्य वर्षायाम भएपनि पश्चिम नेपालमा पानी पर्न सकेको छैन । तापक्रम ३९ डिग्री सेन्टिग्रेटसम्म पुगेको छ । खेतमा धाँजा परेको छ । प्रचण्ड गर्मीले किसान र गरिखानेको दैनिकी कष्टकर बनेको छ ।

साहित्यकार बूाद रानाले मानव प्राणीले प्रकृति माथि गरेको अनियन्त्रित दोहनले खडेरी परिरहेको कुरालाई आफ्ना सृजनामा उजागर गरेका छन् ।

प्राकृतिक सन्तुलन कायम राख्न हामी कहिाकतै चुकेका त छैनौ ? सबैले आ-आफ्नो क्षेत्रबाट अपनत्व लिनुपर्ने बेला आएको छ । वर्षाको मौसम भएपनि गएको १८ दिनयता पश्चिम नेपालको तराई क्षेत्रमा पानी परेको छैन । उखरमाउलो गर्मीले दैनिक मजदुरी गरेर जीविका चलाउने सबैभन्दा बढि प्रभावित भएका छन् ।

यो वर्ष तराईका जिल्लामा अधिकतम तापक्रम ३९ डिग्रीसम्म पुगेको छ । बिहानैदेखि टन्टलापुर घाम लाग्ने भएकाले पनि बाटोमा हिड्ने पैडल यात्रु धेरै न्यून संख्यामा देखिन्छन् । बजार सुनसान छन् । रुखको चौतारा या छहारी भएका ठाउँमा शीतलताको अनुभव लिनेको भीड देखिन्छ ।

असार १५ गते धान दिवसको दिन पानी परेपछि किसान निकै खुसी भएका थिए । तर, त्यसपछि पानी परेको छैन । अधिकांश क्षेत्रमा आकाशे पानीको भरमा खेती हुन्छ । पानी अभावले जमिन फुटेर खेतभरि धााजो परेको छ ।

गर्मी बढेसँगै प्रशस्त पानी पिउन र अनावश्यक रुपमा घाममा ननिस्किन चिकित्सकले सुझाउने गरेका छन् ।

    सम्बन्धित समाचार...