१४ बैशाख २०८१, शुक्रबार

बन्द हुने अवस्थामा दोलखाको प्रादेशिक अस्पताल

charikot hospital

दोलखामा रहेको पशुपति चौलागाईं स्मृति प्रादेशिक अस्पताल संकटमा परेको छ ।

वागमती प्रदेश सरकारले करारका कर्मचारीको नियुक्ति नवीकरण नगर्न भन्दै पत्र पठाएपछि अस्पताल समस्यामा परेको हो । बिरामीलाई निःशुल्क सेवा दिइरहेको अस्पताल आर्थिक संकटसँगै दरबन्दीसमेत कटौति भएपछि बन्द हुने अवस्थामा पुगेको छ ।

बागमती प्रदेशकै नमुना अस्पतालका रुपमा रहेको दोलखाको पशुपति चौलागाई स्मृति अस्पताल हुने अवस्थामा पुगेको छ । प्रदेश सरकारले करारका कर्मचारीको नियुक्ति नवीकरण नगर्न भनेपछि अस्पतालका सेवा साउन १ बाटै अवरुद्ध हुने छन् ।

प्रदेश सरकारले ३२ जना कर्मचारी रहने गरी दरबन्दी कायम गरेको छ । हाल यो अस्पतालमा नौजना चिकित्सकसहित ७२ कर्मचारी छन् । तर प्रदेशले दरबन्दीका कर्मचारी कहिले पठाउाछ भन्ने अन्योल छ ।

प्रदेश सरकारले कायम गरेको दरबन्दीमा कर्मचारी आउन कम्तिमा ३ महिना लाग्छ । तर भएका कर्मचारी मध्ये हाल मिलान भएका ९ जना स्थायी छन् । यी मध्ये दुई चिकित्सक र एक नर्स अध्ययन विदामा छन् । जसका कारण अस्पताल अब ७ जनाले सञ्चालन गर्नुपर्ने छ ।

विशेषज्ञ सेवा दिइरहेको यो अस्पतालमा मासिक झन्डै एक सय जना जति त प्रसुतिका लागि नै आउाछन् । यस्तै हार्डजार्नी, हर्नियालगायतको निशुल्क शल्यक्रिया समेत अस्पतालमा हुादै आएको छ । तर प्रदेश सरकारले भएका चिकित्सकको समेत नवीकरण नगर्नु भनेपछि साउन १ गतेबाट सबै सेवा अवरुद्ध हुने छ ।