२० बैशाख २०८१, बिहीबार

केही फरक केही नयाँ फिल्म ‘म’को दुई पोस्टर

293191860 5219816021427226 256164210161627267 n

फिल्म ‘म’को दुई वटा पोस्टर सार्वजनिक गरिएको छ। पोस्टर कन्तिपुर फिल्म एकेडेमीको फेसबुक पेजमार्फत सार्वजनिक गरएको हो।

सार्वजनिक दुई फरक फरक लेन्डस्केप र पोट्रेट पोस्टरले केही फरक कथामा सस्पेन्स फिल्म बनेको ठम्याउन सकिन्छ तर फिल्ममा ‘म’ को अर्थ र फिल्मको मुख्य कथा के हो भनेर अहीलेसम्म गोप्य राख्न खोजिएको छ । 

विगत लामो समयदेखि फिल्मसम्बन्धी अध्ययन गराउँदै आएको कन्तिपुर फिल्म एकेडेमीले पहिलोपटक निर्माण गरेको फिल्म ‘म’ को यी दुई पोस्टरमा सस्पेन्स-थ्रिलर फिल्ममा रहेको देखाउने प्रयास गरिएको छ। आफ्नो अस्तित्वको खोजीमा रहेका पात्रहरुको कथा भन्ने यस अघि सार्वजनिक भएको टिजर र पोस्टर हेर्दा ‘म’ फरक कथामा सस्पेन्स फिल्म बनेको अनुमान लगाउन सकिन्छ ।

टिजर र पोस्टर हेर्दा दर्शकहरूले केही फरक र आफ्नै कथा पाउनुहुने देखिएको छ । यस अर्थमा यो फिल्म समाजको ऐना हो देखाउन खोजिएको छ ।’ समाजभित्रको कथा भनेको र केही फरक केही नयाँ सम्भावना रहेको देख्न सकिन्छ ।

यो फिल्म आगामी साउन २० गते प्रदर्शन हुने फिल्मको पोस्टरमा मुख्य कलाकारहरु निराजन प्रधान, सरोज खनाल, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ र संजोग रसाइली, नरेन खड्का र पुनम श्रेष्ठलीलाई देखाइएको छ ।

कान्तिपुर फिल्म एकेडेमीका सिइओ समेत रहेका प्रकाश पुरीको कथा तथा पटकथामा तयार भएको फिल्मलाई समीक्षात्मक रूपमा सफल फिल्म ‘सुनगाभा’का निर्देशक सुवर्ण थापाले ‘म’ को निर्देशन गरेका हुन् ।

फिल्मको ट्रेलर श्रावण पहीलो हप्ता सार्वजनिक गर्ने निर्माण टिमले जानकारी गराएको छ । फिल्म बनाउन सीकाउने स्कुलले नै निर्माण गरेको फिल्म भएकोले पनी फिल्मको सब्जेक्ट र स्टोरी टेलीङ्ग केही नयाँ हुने देखिएको छ ।

फिल्म ‘म’ मा निराजन प्रधान, सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, रुविना थापा, सविन श्रेष्ठ, नरेन खड्का, संजोग रसाइली, पुनम श्रेष्ठका अलवा फिल्ममा गीत विष्ट, विमल पुरी, सुरज विष्ट, सुवास पौडेल, सुप्रज्ञा शर्मा, अजित रेग्मी, सम्राट क्षेत्री, जेम्स अधिकारी, विवेक कुँवर र अमोद भट्टलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

कन्तिपुर फिल्म एकेडेमीको ब्यानरमा निर्माण भएको फिल्ममा तेन्जिन पाल्देनको छायांकन रहेको छ । एिकेडेमीका सिइओ समेत रहेका प्रकाश पुरी क्रियटभ निर्माता रहेको फिल्मका निर्माता विमला हुमागाईं र सह निर्माता पदम पुरी हुन् । नेपालमा फिल्म एकेडेमीले निर्माण गरेको यो पहीलो फीचर फिल्म हो । 

फिल्मलाई डिसिएन र एफडी कम्पनीले वितरणको जिम्मा लिएको छ ।

292728793 5219814121427416 1391120547351328568 n
293191860 5219816021427226 256164210161627267 n

    सम्बन्धित समाचार...