२५ बैशाख २०८२, बिहीबार

अर्काे विधेयक आजै तयार हुन्छ, नागरिकता वितरणको बाधा हटाउन विधेयक फिर्ता लिएको : गृहमन्त्री

balkrishna khad1
फाइल फोटो

गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक वितरणमा देखिएको बाधा हटाउन ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५” लाई फिर्ता लिन खोजेको प्रष्टीकरण दिएका छन् । 

प्रतिनिधिसभामा गृहमन्त्री खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५” लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेका छन् ।

उक्त प्रस्तावमाथि उठेका प्रश्न र विरोधको प्रस्तावमाथि जवाफ दिँदै उनले नागरिकता वितरणमा देखिएको बाधा हटाउन फिर्ता लिनुपरेको बताएका हुन् । 

साथै आजै बस्ने मन्त्रिपरिषद् बैठकले अर्काे नागरिकता विधेयक ल्याउने जानकारी दिँदै उनले सरकार कोही पनि नागरिक नागरिकताबाट बन्चित हुन नपरोस् भन्नेमा सचेत रहेको बताए ।