१२ बैशाख २०८१, बुधबार

धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते

thunder light

चितवनको कालिका नगरपालिकामा धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका छन् ।

कालिका–८ मझुवास्थित कमला विकको खेतमा बुधवार धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरू स्थानीय जन्तरी प्रजाको घरमा ओत लाग्न गएका थिए ।

सोही क्रममा हुरी, बतास र पानीसँगै परेको चट्याङले रोपाहार घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेमध्ये पाँच जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । अन्य नौ जना गए राति नै उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।

घाइते पाँच जनाको अवस्था खतरामुक्त रहेको छ । बुधवार साँझ ६ बजेको समयमा चट्याङ परेको बताइएको छ ।