Close Me
१३ माघ २०८१, आईतवार

स्पेनिस टेनिस स्टार राफेल नाडाल सेमिफाइनलमा

nadal

पाँचौ सेटको टाइब्रेकरमा टेलर फ्रिट्जलाई हराउदै स्पेनिस टेनिस स्टार राफेल नाडाल वर्षको तेस्रो ग्रान्डस्लाम विम्बल्डनको सेमिफाइनलमा प्रवेश गरेका छन् । 

बुधबार भएको खेलमा नाडालले फ्रिट्जलाई ३–६ ७–५ ३–६ ७–५ ७–६ (१०–४) ले हराए । नाडालले जितसँगै फाइनल प्रवेशका लागि निक कीर्गिओससँगको भेट पक्का गरे ।

जितसँगै अस्ट्रेलियन ओपन र फ्रेन्च ओपनको उपाधि जितेका नाडालले वर्षको तेस्रो ग्रान्डस्लाम जित्ने सम्भावनालाई अझ बलियो बनाएका छन् । 

नाडालले पछिल्लो पटक सन् २०१० मा विम्बल्डनको उपाधि जितेका थिए ।