५ जेष्ठ २०८१, शनिबार

झन्डा हल्लाउँदै संसद् भवन छिरेका शर्मा झन्डा छोपेर फर्कीए !

samsad janardan

अर्थमन्त्री जनार्दन शर्मा राजीनामा दिएलगत्तै संसद् भवनबाट बाहिरएका थिए ।

मन्त्रालयबाट बा २ झ ३७३३ नम्बरको झन्डा हल्लाउँदै संसद् भवन छिरेका शर्मा फर्कँदा झन्डा छोपेर त्यही गाडीमा बाहिरिएका हुन् ।

आर्थिक वर्ष २०७९र०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्ति अर्थ मन्त्रालयमा भित्र्याएको लगायतका आरोप लागेपछि उनले बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै राजीनामा दिएका हुन् । उनीमाथि लागेको आरोपको छानबिन गर्न ११ सदस्यीय छानबिन समिति बनेको छ ।

राजीनामाको घोषणा गरेलगत्तै संसद्‌बाट बाहिरिएर उनले सञ्चारकर्मीहरुलाई छानबिनका लागि सहयोग गर्न मार्ग प्रशस्त गरेको प्रतिक्रिया दिए ।