२१ बैशाख २०८१, शुक्रबार

डेनिस सपिङ मल गोलाबारीका संदिग्धमा मानसिक स्वास्थ्य समस्याः प्रहरी

highalert

डेनमार्कको राजधानी कोपन हेगनको एक सपिङ मलमा आक्रमणका संदिग्धको मानसिक स्वास्थ्य समस्या हुन सक्ने प्रहरीले जनाएको छ ।

कोपेनहेगनका प्रहरी प्रमुख सोरेन थोमसेनले पत्रकार सम्मेलनमा भने, ‘हाम्रो संदिग्ध व्यक्ति मनोचिकित्सक सेवाहरूमा पनि परिचित छ, यस बाहेक म टिप्पणी गर्न चाहन्न ।’

सपिङ मलमा उनले चलाएको गोली लागेर तीन जनाको मृत्यु भएको थियो । त्यस्तै, आक्रमणमा अन्य तीन जना गम्भीर घाइते भएका थिए ।

आक्रमणकारीले जथाभावी ढंगले हिर्काएको र उक्त कार्य आतंकबादसँग संकेत गर्न नमिल्ने उनले बताए । २२ वर्षीय आक्रमणकारीले पूर्व तयारी गरेको तर उनले एक्लै हमला गरेको प्रहरीको भनाइ छ । ‘उसले एक्लै आक्रमण गरेको देखिन्छ’, प्रहरीले भनेको छ ।

मारिने तीन जना डेनमार्कका १७ वर्षीय किशोरी, अर्का किशोर र डेनमार्कमा बस्ने ४७ वर्षीय रुसी नागरिक छन् । गोली लागेर दुई डेनिस महिला र दुई जना स्वीडेनका नागरिक घाइते भएका छन् ।

    सम्बन्धित समाचार...