१७ बैशाख २०८१, सोमबार

यी हुन् साउथ र बलिउडमा राज गर्ने डरलाग्दा पाँच भिलेन

canvas

फिल्म राम्रो हुन हिरो हिरोइनको अलवा भिलेनको पनि महत्वपुर्ण भूमिका रहन्छ । भिलेन बिना कुनैपनि फिल्मको कथा अगाडि बढाउन मुस्किल छ ।

बलिउड फिल्ममा कयौ यस्ता भिलेन छन् जो नेगेटिभ भुमिकाको मध्यमबाट दर्शकको मनमा बस्न सफल छन् । ति मध्य साउथ र बलिउड दुबैमा छाउन सफल यी हुन् ५ भिलेन ।

प्रकाश राज : अभिनेता प्रकाश राजको लागि कुनै परिचयको आवश्यक पर्दैन । उनले अभिनयको बलमा साउथदेखि बलिउडसम्म पहिचान बनाएका छन् ।

प्रकाश राजले अहिलेसम्म ४०० बढी फिल्म अभिनय गरिसकेक छन् । उनी खलनायक अभिनयबाट सर्वत्र चिनिएका छन् । साउथको फिल्मदेखि बलिउडको सिंघम र वान्टेड जस्ता फिल्ममा समेत उनले नेगेटिभ भुमिका निर्वाह गरेका छन् ।

मुकेश ऋषि : मुकेश ऋषिको नाम सुन्दैमा दिमागमा एक किसिमको डर पैदा हुने गर्छ । साउथको अलवा हिन्दी फिल्ममा पनि उनी आफ्नो अभिनयको छाप छोड्न सफल छन् ।

अमिताभ बच्चनको फिल्म सुर्यवंशमदेखि सलमानको फिल्म बन्धनसम्म कयौ हिन्दी फिल्ममा मुकेशले खतरनाक भिलेनको भुमिका निर्वाह गरेका छन् ।

आशीष विद्यार्थी : आशीष पनि साउथदेखि बलिउड फिल्मसम्म चर्चित छन् । नेगेटिभ भुमिकामा उनको अरुको भन्दा भिन्न छाप छ ।

खतरनाक खलनायक भनेर बढी चिनिएका उनी ‘द्रोहकाल’ फिल्मबाट अभिनय डेब्यु गरेका थिए । बलिउड फिल्म समेत उनले थुप्रै अभिनय गरेका छन् ।

सुमन : अभिनेता सुमन पनि साउथदेखि बलिउड फिल्मसम्म चर्चित छन् । रजनीकान्तको फिल्म ‘शिवाजी’ मा खलनायकको भुमिका निर्वाह गरेका सुमन भिलेन अभिनयबाटै बढी चिनिएका हुन् ।

उनले अक्षयकुमारको फिल्म ‘गब्बर इज ब्याक’मा पनि एक भ्रष्ट राजनीतिज्ञको भुमिका निर्वाह गरेर सबैको मन जितेका थिए ।

रघुरमण : एक्टर रघुरमण फिल्मका शान्त तर खतरनाक भिलेनको रुपमा चिनिएका थिए । उनको साउथ र बलिउड दुबैमा राम्रो थियो । २००८ मा उनी ४९ बर्षको उमेरमा यो संसारबाट बिदा भए । उनको अभाव अहिले पनि खड्किने गरेको छ ।

    सम्बन्धित समाचार...