२२ बैशाख २०८१, शनिबार

अस्ट्रेलियाका डकवर्थलाई पराजित गर्दै एन्डी दोस्रो चरणमा

Andy Murray

अस्ट्रेलियाका जेम्स डकवर्थलाई पराजित गर्दै एन्डी मरे मंगलबार राति विम्बल्डनको दोस्रो चरणमा प्रवेश गरेका छन् ।

दुई पटकका विम्बल्डन विजेता मरेले डकवर्थमाथि ४-६,६-३,६-२,६-४ को जित निकाले ।

सन् २०१७ पछि मरेको विम्बल्डनमा यो दोस्रो सहभागिता हो । गत संस्करणमा मरेले तेस्रो चरण सम्मको यात्रा तय गरेका थिए । उनले सन् २०१६ मा विम्बल्डन जितेका थिए ।

मरेले बुधबार दोस्रो चरणमा अमेरिकन जोन इन्सको सामना गर्नेछन् । उनले जोनमाथि पछिल्लो आठ खेलमा लगातार जित निकालेका छन् ।

    सम्बन्धित समाचार...