 
								राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने भएका छन् ।
बिहान ११ बजेका लागि बोलाइएको बैठकमा कानून, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, सहरी विकास मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लागि विनियोजन विधेयकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपुर्ति र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजन विधेयक माथि उठेका प्रश्नको पनि सम्बन्धीत मन्त्रीले जवाफ दिने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।
 
											 
											 
									 
									 
									