१३ बैशाख २०८१, बिहीबार

दुई साता विद्यालय बन्द, सरकारी कार्यलयमा कर्मचारी कटौती श्रीलंकामा

shrilanka
फाइल फोटो

आर्थिक संकटमा फसेको श्रीलंकामा दुई साता विद्यालयहरू बन्द हुने भएका छन् । पेट्रोल र डिजेलको चरम अभाव हुन थालेपछि विद्यालय बन्द हुने भएका हुन् ।  त्यस्तै, सरकारी कार्यलयमा ठूलो संख्यामा कर्मचारी कटौती गरिएको छ ।  

 सार्वजनिक प्रशासन मन्त्रालयले सोमबारदेखि कर्मचारी कटौती गर्न सबै विभाग, सार्वजनिक संस्था र स्थानीय तहलाई निर्देशन दिएको छ ।
‘सार्वजनिक यातायातको अभाव र निजी सवारी साधनको व्यवस्था गर्न नसक्दा काममा जाने कर्मचारीको संख्यामा व्यापक कटौती गर्ने निर्णय गरिएको छ,’ मन्त्रालयको आदेशमा भनिएको छ ।

श्रीलंकाले सन् १९४८ मा स्वतन्त्रता प्राप्त गरेपछि सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ । गत वर्षको अन्त्यदेखि खाद्यान्न, औषधि र इन्धनजस्ता आवश्यक वस्तुहरूको आयातमा भुक्तानी गर्न असमर्थ भएको छ ।

घन्टौँ लामो लोडसेडिङका कारण उद्योग व्यवसाय प्रभावित भएका छन् । आर्थिक संकटलाई लिएर सर्वसाधारणले राष्ट्रपति गोटाबाया राजापाक्षेलाई राजीनामा गर्न आह्वान गर्दै आएका छन् । 

यसैबीच, राष्ट्रसंघले श्रीलंकमा विपन्न वर्गका लागि खाद्यान्न सहयोग गर्ने बताएको छ ।