१३ बैशाख २०८१, बिहीबार

बुधबारको तुलनामा बिहीबार ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

gold

सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ ।  बुधबारको तुलनामा बिहीबार तोला ८०० रुपैयाँले बढेर ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार बुधबार प्रतितोला ९६ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८०० कायम गरिएको छ । 

त्यस्तै चाँदीको मुल्य भने प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।