७ बैशाख २०८१, शुक्रबार

बेँसीसहर नगरपालिकालाई तीन वर्षमा बालमैत्री नगरपालिका घोषणा गरिने

received 598391374891890

लमजुङ सदरमुकाम बेँसीसहर नगरपालिकालाई तीन वर्षमा बालमैत्री नगरपालिका घोषणा गरिने भएको छ । यसका लागि बालमैत्री स्थानीय सासन प्रवर्द्धन तथा व्यवस्थापनसम्बन्धी क्षमता विकास प्रशिक्षण कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा सरोकारवाहरूले हस्ताक्षरसहित प्रतिबद्धता जनाएका हुन् ।

नगरपालिकाका प्रमुख गुमान सिंह अर्यालले बालमैत्री नगरपालिका घोषणामा सबैको साथ र सहयोग आवश्यक पर्ने बताए । उनले अबको तीन बर्षमा बालमैत्री वडा घोषणाको आवश्यक सुचक पूरा गरी नगरपालिकाका नाैवटै वडालाई बालमैत्री वडा घोषणा गरिने बताए । नगरपालिकाको १ र ६ वडालाई यसअघिनै बालमैत्री वडा घोषणा गरिएको छ ।

नगरपालिकाको समन्वयमा समाजिक विकास कार्यालयले आयोजना गरेको उक्त कार्यक्रममा नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, वडाअध्यक्षहरू, नगरकार्यपालिका सदस्य, सरकारी तथा गैह्रसरकारी निकाय, बाल सञ्जाल, सुरक्षा निकायका प्रतिनिधि, पत्रकारलगायत विभिन्न सरोकारवाला निकायले बालमैत्री स्थानीय तह स्थापनाका लागि साथ र सहयोग गर्ने हस्ताक्षर सहित प्रतिबद्धता व्यक्त गरेका छन् ।

नगरपालिकाले सम्बन्धित संघसस्था, सरोकारबाला निकाय र सम्बद्ध व्यक्तिसँगैको सहकार्यमा २०८२ साल असार मसान्तसम्ममा नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने भएको छ ।

संविधानको भाग ३, मौलिक हक, धारा ३९, स्थानीय सरकार संचालन ऐन २०७४, बलवालिका सम्वन्धी ऐन २०७५ र बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ मा भएका ५१ सूचक पुरा गरी आगामी तिन वर्ष सम्ममा बेसीशहरलाई बालमैत्री नगरपालिका घोषणा गरिने भएको हो ।