२३ बैशाख २०८१, आईतवार

कालिज हुर्काउने ड्युटीमा गाउँपालिकाकी पूर्वउपाध्यक्ष गंगादेवी

kalij 750x375 1

तातोपानी गाउँपालिकाकी पूर्वउपाध्यक्ष गंगादेवी उपाध्याय कालिजपालनमा लागेकी छन् । २०७४ सालमा भएकाे स्थानीय तह निर्वाचनमा उपाध्यक्षमा निर्वाचित भएर कार्यकाल पूरा गरेपछि उनी कालिजपालनमा लागेकी हुन् । 

गौतम पशुपंक्षी पालन फार्ममार्फत उनले कालिज पालन गरेकी हुन् ।  उनी भन्छिन,‘ ५० लाखको लगानीमा व्यवसायिक कालिज पालन गरेकी छु ।  हामीले कालिज मात्र पालेका छैनौँ , कालिजका चल्लासमेत उत्पादन गरेका छौँ ।’

गत १५ माघबाट सूरु गरेको कालिज पालन व्यवसाय अहिले  १५ सय बढी चल्ला उत्पादन भइसकेका छन् । पुर्व उपाध्यक्ष गंगा देवी उपाध्यायले भनिन,‘जुम्लामा कालिजपालनको राम्रो सम्भावना छ ।’  उनका श्रीमान लक्ष्मीप्रसाद उपाध्यायका अनुसार उन्नत जातका कालिज ल्याएर व्यावसायिक यात्रा थालिएको हो ।  

‘१५ सय चल्ला उत्पादन भइसकेका छन् । केही दिनमा ५००  बढी  उत्पादन हुने तयारी छ,’  उनले भने, ‘यहाँ उत्पादन  भएका कालिजका चल्ला  एक जोडाको   पाँच सयदेखि एक हजार दुईसम्म पर्ने गरेको छ ।  

बत्ती नहुँदा  व्यवसायमा समस्या भएकाे बताएकी गंगादेवी जेनेरेटर  चलाउनु पर्ने बाध्य रहेकाे जानकारी दिइन् । उनले कालिजसँगै  कुखुरा र हाँस पनि पालेकी छन् । ‘५० लाखको लगानी गरेर कालिजपालन गरेकी हुँ । कालिजपालनसँगै  कुखुरा र हाँस पनि पालेकी छु,’ गंगादेवीले भनिन् । 

पशु अस्पताल तथा पशुसेवा कार्यालयका प्रमुख गोबिन्द बहादुर महतले  उपाध्यायको कालिज फर्मको  अनुगमन गरेका छन् । उनले जुम्लामा कालिजको चल्ला उत्पादन गर्ने व्यवसाय यो पहिलो भएको बताए । उनले  कालिज उत्पादनलाई जुम्लाको  ब्रान्डका रुपमा अन्य ठाउँमा चिनाउनुपर्ने  बताए । यसका लागि आवश्यक पर्ने बजारीकरण  र  औषधि लगायतमा कार्यालयको सहयोग रहने उनले बताए ।

    सम्बन्धित समाचार...