१३ बैशाख २०८१, बिहीबार

दुई परिवारबीच तरबार हानाहान (भिडियोसहित)

attack

मानिसहरु घरबाट तरबार र छुरासहित निस्कन्छन् । एकले अर्कालाई चुनौती दिन्छन् । एकैछिनमा सडकमै छुरा हानाहान हुन्छ । मानिसहरुको हारगुहार मच्चिन्छ ।

यो घटना मोक्कोको फेज शहरको हो । शुक्रबार भएको घटनामा दुई जना गम्भीर घाइते भएका छन् । घटनामा २६ देखि ५० वर्षका दशजना पक्राउ परेका छन् ।

भिडियो फुटेजबाट संलग्नहरुको पहिचान भएको हो । आपसी मनमुटाव र बिवादले यो घटना भएको खुलेको छ । एजेन्सी