२४ बैशाख २०८१, सोमबार

वार्षिक रुपमा वैदेशिक अध्ययनका लागि जाने हजारौं विद्यार्थीमार्फत १० वर्षमा साढे २ खर्ब रुपैयाँ बाहिरियो

student foren
फाइल फोटो

नेपालबाट वार्षिक रुपमा वैदेशिक अध्ययनका लागि जाने हजारौं विद्यार्थीमार्फत अबौं रुपैयाँ बाहिरिने गरेको छ । पछिल्लो एक दशकमा मुलुकबाट वैदेशिक अध्ययनका लागि साढे २ खर्ब भन्दा बढी रकम बाहिरिएको छ ।

चालू आर्थिक वर्षको १० महिनामै नेपालबाट वैदेशिक अध्ययनका लागि ५१ अर्ब ३४ करोड रुपैयाँ बाहिरिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार विदेशिने विद्यार्थी बढेसँगै नेपालबाट शिक्षाका लागि बाहिरिने रकम पनि बढेको हो ।

कोरोना महामारीका कारण प्रवेशमा रोक लगाएका मुलुकहरुले अहिले खुला गरेकासँगै यो वर्ष शिक्षाका लागि बाहिरिनेहरुको संख्या बढेकोछ। सरकारले स्वदेशमै अवसर तथा अनुसन्धानमूलक शिक्षामा लगानी बढाउन नसकेका कारण विद्यार्थी विदेशिनुपरेको जानकार बताउँछन् ।

पछिल्लो एक दशकमा वैदेशिक अध्ययनका लागि २ खर्ब ५५ अर्ब रुपैयाँ बाहिरियो ।
–आर्थिक वर्ष २०७०–७१ मा १५ अर्ब १२ करोड रुपैयाँ
–आर्थिक वर्ष २०७१–०७२ मा १७ अर्ब ७ करोड रुपैयाँ
–आर्थिक वर्ष २०७२–७३मा २० अर्ब १४ करोड रुपैयाँ
–आर्थिक वर्ष २०७३–७४मा ३५ अर्ब २ करोड रुपैयाँ
–आर्थिक वर्ष २०७४–७५ मा ३८ अर्ब ८ करोड रुपैयाँ
–आर्थिक वर्ष २०७५–७६ को ४० अर्ब ९ करोड रुपैयाँ

दुई आर्थिक वर्ष २०७६–०७७ र ०७७–०७८ मा भने कोरोना महामारीका कारण वैदेशिक अध्ययनमा जानेको संख्या ठप्प प्रायः रहेपनि चालू आर्थिक वर्षदेखि भने पुनः बढ्न थालेको छ । विदेश जाने विद्यार्थीको संख्या बढ्दै जाँदा राज्यले युवा र दक्ष जनशक्ति मात्र गुमाएको छैन, रकम पनि गुमाउनु परेको छ।

तर विदेशमा अध्ययनका लागि जानेले रेमिट्यान्स भित्र्याउने गरे पनि तुलनात्मकरूपमा निकै कम छ । खासगरी अध्ययनका लागि नेपाली विद्यार्थीहरुको रोजाईमा अस्ट्रेलिया, जापान, अमेरिका, चीन, क्यानडा, जर्मनी बंगलादेश लगायतका मुलुक रहेका छन् ।