२१ बैशाख २०८१, शुक्रबार

काठमाडौं, ललितपुर र डोल्पामा तीन जना मृत फेला

death
फाइल फोटो

काठमाडौं, ललितपुर र डोल्पामा तीन जना मृत अवस्थामा फेला परेका छन् । 

काठमाडौं महानगरपालिका–४ सुकेधारा धोवीखोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

ललितपुरको ललितपुर महानगरपालिका–२२ फर्सिडोलस्थित बागमती खोला किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । 

डोल्पाको जगदुल्ला गाउँपालिका–२ स्थित नेपाल खाद्य संस्थानको भवनको खुल्ला ग्यालरीमा बिपिन भन्ने हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३१ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।    

    सम्बन्धित समाचार...