Close Me
१३ चैत्र २०८१, बिहीबार

बीच आकाशबाटै फर्कियाे भद्रपुरका लागि उडेको बुद्ध एअरको विमान

Buddha Air
फाइल फोटो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एअरको विमान आकाशबाटै फिर्ता भएको छ । बुद्ध एअरको ९५३ कल साइन रहेको विमान काठमाडौं नै फर्किएको हो ।

टायरमा समस्या देखिएपछि भद्रपुरका लागि १० बजेर ४३ मिनेटमा उडेको जहाज बीचबाट फर्किएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले स्पष्ट पारेको छ । विमानस्थलका एक कर्मचारीले भने, ‘धावनमार्गमा रबरको टुक्रा भेटिएपछि विमानको टायरमा समस्या आएको हो कि भनेर फिर्ता गरिएको हो । प्राविधिकहरूले अहिले उक्त विमान चेकजाँच गरिरहेका छन् ।’

उनका अनुसार उक्त विमानमा रहेका यात्रुहरूलाई अर्को विमानमा चढाएर भद्रपुरतर्फ पठाउने तयारी भइरहेको छ । उनले भने, ‛फ्लाइट नम्बर–९५३ ‘ए–एनपी’ विमान ११ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ । विमानमा ६९ जना यात्रु सवार थिए । जहाज सकुशल अवतरण गरेर अहिले प्राविधिक जाँच भइरहेको छ ।’