१३ बैशाख २०८१, बिहीबार

फिल्म खेल्न मुम्बई जाँदै विपिन कार्की

rashmika mandanna anil kapoor ranveer kapoor bipin karki

नेपाली फिल्मका कलाकारले फाट्टफुट्ट रुपमा बलिउडका फिल्म नखेलका होइनन् । तर, नायिका मनिषा कोइराला जस्तो स्थापित बलिउडमा अरु कलाकार हुन सकेनन् । फिल्म ‘बर्फी’मा भोला सापकोटाले अभिनय गरेपछि चर्चा पाए । अब, नायक विपिन कार्कीले पनि ‘एनीमल’ नामक फिल्ममा काम गर्ने पक्का भएको छ ।

यो फिल्मको लागि आउँदो महिना विपिन मुम्बई जाने तयारीमा छन् । तर, यसपटक विपिन फिल्मको छायांकनका लागि भन्दा पनि तयारीका लागि मुम्बई जान लागेका हुन् ।

यो फिल्ममा नायक रणवीर कपुर, नायिका रश्मीका मन्दन्ना, बबी देवल, अनिल कपुर लगायतका कलाकारको अभिनय रहनेछ । फिल्मको निर्माण टिमले नायक विपिन कार्कीको नाम समेत आइएमबीडी अकाउन्टमा समावेश गरेको छ । सन्दीप रेड्डीले निर्देशन गर्ने यो फिल्ममा आफ्नो भूमिका बलियो रहेको विपिनको भनाई छ ।

विपिन यो फिल्मलाई लिएर उत्साहित छन् । उनी केही दिनदेखि फिल्म ‘के घर के डेरा’को छायांकन गरिरहेका छन् । यो फिल्मको छायांकन सकेपछि उनी मुम्बई लाग्नेछन् । विपिनको छायांकन भने अगष्टमा हुने बताइएको छ ।