२४ बैशाख २०८१, सोमबार

कोरोनामुक्त भएर पाटन अस्पतालबाट डिस्चार्ज भएका पुरुषमा पुनः संक्रमण

cQk0uep1idAr2CJOBOMIqlwmPbZKzOpEHwMmGbkb

कोरोना भाइरस (कोभिड-१९) मुक्त भएर घर फर्किएका काठमाडौंका एक पुरुषमा पनि पुनः संक्रमण देखिएको छ ।

पाटन अस्पतालबाट ११ वैशाखमा डिस्चार्ज भएर घर फर्किएका पेप्सीकोलास्थित् सनसिटी अर्पाटमेन्टका ५८ वर्षीय पुरुषमा पुनः संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार पेप्सिकोलास्थित सिनसिटी अपार्टमेन्टका ५२ वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

५ चैतमा बेलायतबाट आएर सनसिटीमा बस्दै आएका उनीसँगै उनकी ८१ वर्षीया आमामा कोरोना संक्रमण भएको १ वैशाखमा पुष्टि भएको थियो । पाटन अस्पतालमा उपचार गरेर आमाछोरा ११ वैशाखमा घर फर्किएका थिए ।

तर एक सातापछि पुनः परीक्षणका लागि अस्पताल आएका ५२ वर्षका पुरुषको रिपोर्ट पोजेटिभ आएको स्रोतले बताएको छ । उनको पाटन अस्पतालमै उपचार भइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अस्पताल भर्ना भएको विषय आफूलाई जानकारी नभएको बताए।

“निको भएर घर फर्किएका उनमा पुनः परीक्षण गर्दा एकपटक पोजिटिभ देखिएर फ्लोअपमा थिए”, उनले भने, “अस्पताल भर्खर ल्याएको पनि हुन सक्छ। मलाई त्यो बारेमा जानकारी भएन।”

पीसीआर परीक्षणमा श्रीमतीको रिपोर्ट नेगेटिभ आएको थियो भने आमा छोराको रिपोर्ट पोजिटिभ देखिएको थियो। ११ वैशाखमा दुवैको अन्तिम रिपोर्ट नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएका थिए। उनीहरू ५ चैतमा बेलायबाट नेपाल फर्किएका थिए।

यससँगै निको भएर पुनः संक्रमित हुनेको संख्या तीन पुगेको छ । मंगलबार नै रौतहट र वीरगञ्जमा रहेका एक भारतीय नागरिकमा पनि पुनः संक्रमण भएको पुष्टि भएको थियो ।