८ बैशाख २०८१, शनिबार

लकडाउनबाट गुज्रेको चीनको सांघाई महानगर पुनः खोल्ने दिशामा

Shanghai Pudong

दुई महिनादेखि कोभिड–१९ को लकडाउनबाट गुज्रेको चीनको सांघाई महानगर पुनः खोल्ने दिशामा अगाडि बढेको छ । सांघाईमा बुधबारदेखि लकडाउन अन्त्य गर्न लागिएको चिनियाँ सञ्चार माध्यमहरूले जनाएका छन् । संक्रमणका घटना कमी हुन थालेपछि धेरै मानिसहरूलाई उनीहरूको घरबाट बाहिर निस्कन अनुमति दिइएको छ । गत साता थप व्यवसायहरूलाई फेरि खोल्न अनुमति दिइएको थियो, यद्यपि अधिकांश बासिन्दाहरू उनीहरूको आवास कम्पाउन्डहरूमा सीमित छन् ।

सरकारले सार्वजनिक स्थानमा हिँडडुल गर्दा मास्क लगाउन र भेला नगर्न अनुरोध गर्दै आएको छ । ‘सार्वजनिक रूपमा मास्क लगाउनुहोस्, भेला नगर्नुहोस् र सामाजिक दूरी राख्नुहोस्’ , सांघाई महानगरका स्वास्थ्य आयोगका उपनिर्देशक झाओ डन्डनले दैनिक पत्रकार सम्मेलनमा भने ।

सामाजिक सञ्जालमा देखिएका केही भिडियोमा सहरको मध्येक्षेमा शक्रबार राति रमाइलो गरिरहेका मानिसहरूलाई प्रहरीले अवरोध गरेर उनीहरूलाई घर जान अनुरोध गरेको देखिन्छ ।

उता राजधानी बेइजिङमा भने कोभिडसम्बन्धी कडा प्रतिबन्ध कायमै छ । संक्रमणका केस घटेपनि बेइजिङमा मानिसका गतिविधिमा भने कठोर प्रतिबन्ध लगाइएको छ । सांघाइका अधिकारीहरूले शनिबार निरन्तर सतर्कता अपनाउन आग्रह गरेका छन । लकडाउनका कारण साढे २ करोड मानिस बसोबास गर्ने सांघाईमा व्यापार व्यवसाय प्रभावित भएको छ ।