१५ चैत्र २०८०, बिहीबार

दोहास्थित ग्रान्ड हमाद रंगशालामा नेपाल र टिमोर लिस्टे भिड्दै

Anfa final 01

एएफसी एसियन कप २०२३ छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले शनिबार (आज) मैत्रीपूर्ण खेलमा टिमोर लिस्टेविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
कतारको दोहास्थित ग्रान्ड हमाद रंगशालामा हुने खेल नेपाली समयअनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।

नेपालले एएफसी एसियन कप छनोटको तयारी लागि टिमोर लिस्टेसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । बन्द प्रशिक्षणका लागि कतारमा रहेको नेपाली टोलीले त्यहाँ दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका छ ।

नेपालले ३ जुनमा दोस्रो मैत्रीपूर्ण खेलमा ओमानको सामना गर्दैछ । एसियन कप तेस्रो चरणको छनोटका लागि नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी २३ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरिसकेका छन् ।

एसियन कप छनोटको समूह ‘ए’ मा रहेको नेपालसँगै जोर्डन, इन्डोनेसिया र कुवेत छन् ।

नेपाली टिम
गोलकिपरः दीप कार्की, विशाल सुनार, टिकेन्द्रसिंह थापा
रक्षकः विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल
मिडफिल्डरः आकास बुढामगर, एरिक बिष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन रानामगर, सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, सुनिल बल, सुरजजिउ ठकुरी
फरवार्डः आयुस घलान, दर्शन गुरुङ, जर्जप्रिन्स कार्की, मनिष डांगी र नवयुग श्रेष्ठ (कप्तान)