१७ असार २०७९, शुक्रबार

बीस वर्षपछि रिहा भइन जापानी रेड आर्मी समूहका सह–संस्थापक

Fusako Shigenobu

२० वर्षको जेल जीवनपछि जापानको रेड आर्मी लडाकु समूहका सह–संस्थापक रिहा भएकी छिन् । सन् १९७४ मा फ्रान्सेली दूतावास घेराउमा उनको भूमिकालाई लिएर सरकारले फुसाको शिगेनोबुलाई जेल सजाय तोकेको थियो । 

सन् २००० मा ओसाकामा पक्राउ पर्नुअघि ७६ वर्षीय शिगेनोबुल प्रहरीलाई छलेर दशकौंसम्म पक्राउबाट जोगिएकी थिइन् । उनको समूहले ‘हाइ प्रोफाइल’ आतंककारी कार्यमार्फत विश्वव्यापी समाजवादी क्रान्तिलाई उक्साउने लक्ष्य राखेको थियो । 

समूहका कार्यकर्ताले शृंखलाबद्ध बन्धक बनाउने, अपहरण गर्ने र इजरायली विमानस्थलमा घातक हमला गरेको थिए । 

सन् १९७४ मा हेगस्थित फ्रान्सेली दूतावासमा भएको आक्रमणको लागि उनलाई २० वर्ष जल सजाय तोकिएको थियो । सो घटनामा रेड आर्मीका तीन जना लडाकुहरूले राजदूत र अन्य धेरैलाई १०० घण्टासम्म बन्धक बनाएका थिए ।

    सम्बन्धित समाचार...