६ जेष्ठ २०८१, आईतवार

नेपालगञ्जमा आज बिहान ११ बजेदेखि २५ गतेसम्म कर्फ्यू , यसरी फैलियो कोरोना

nepalgunj corona community infection test

कोरोना संक्रमितको संख्या लगातार बढेपछि बाँकेको नेपालगन्जमा भोलिदेखि निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।

सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले मंगलबार बिहान ११ बजेदेखि वैशाख २५ गतेसम्म नेपालगञ्जलाई पूर्णतः निषेधित क्षेत्र घोषणा गरेको हो ।

banke letter curfew

यसरी फैलियो कोरोना

महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट ६०० जना भागेका मध्य संक्रमित पुरुष पनि तिनैमध्येका एक रहेको जनाइएको छ । उनीसँग सोधखोज गर्दा केही नबताएको जिल्ला प्रशासन कार्यालय बाँके बताउँछ ।

मस्जिद र मदरसामा कोरोना जाँच गर्दा नेपालगञ्जको अन्सारी मस्जिदका नेपालगञ्ज–७ का वासिन्दा ६० वर्षीय मौलानामा वैशाख १९ गते कोरोना संक्रमण देखिएको थियो ।

उनी हरेक दिन वडा नम्बर ८ को मस्जिदमा पुग्ने गर्थे । उनिसंग सम्पर्कमा आएका ९० जनाको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरेर स्वाब संकलन गरिएको थियो जसमा ६० जनाको परीक्षण गर्दा एउटै टोलका १५ जना व्यक्तिमा कोरोना पोजेटिभ देखिएको थियो ।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. विनोद गिरीका अनुसार ‘ती पहिलो संक्रमित व्यक्तिले मस्जिदमा उर्दु भाषा र घरघरमा गएर सिकाउँदा रहेछन् । भारतबाट पनि उनीसँग उर्दु सिक्न मानिसहरू आउने गरेको पाइयो,’ ।

त्यसैगरी बाँकेको खजुरा गाउँपालिकाले सबै नाकाहरू बन्द गरेको छ । सीमा जोडिएको नेपालगञ्जमा १६ जनामा कोरोना पोजेटिभ देखिएपछि स्थानीय तहले चारैतिरका नाका बन्द गर्ने निर्णय गरेको अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।

खजुराले स्थानीय तहभित्रका वडा पनि सिल गरेको छ । उसले वडा नम्बर ५, ६, ७ र ८ लाई पनि लक गरेको छ ।