७ बैशाख २०८१, शुक्रबार

बिभिन्न प्रलोभन देखाई १५ वर्षीया किशोरीलाई पटक–पटक बलात्कार झापामा

Rape 2

झापामा एक जना १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । 

उनलाई बलात्कार गरेको अभियोगमा अर्जुनधारा नगरपालिका–६ पुर्वेली टोल बस्ने २० वर्षीय सुजन भुजेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

भुजेलले ती बालिकालाई बिभिन्न प्रलोभन देखाई आफ्नो घरमा लगि पटक–पटक बलात्कार गरेको प्रहरीले जनाएको छ । 

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।