१६ चैत्र २०८०, शुक्रबार

बिरामी बाेकेको एम्बुलेन्स दुर्घटना जुम्लामा, तीन जना घाइते

Ambulance Photo Kanaka Sundari Netra Shahi

जुम्लामा एम्बुलेन्स दुर्घटना भएको छ । जिल्लाकाे कनकासुन्दरी गाउँपालिकाबाट बिरामी ल्याउदै गरेको  एम्बुलेन्स  दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कनकासुन्दरी गाउँपालिका ६ स्थित दाँते ओखरमा क १ झ १५ नम्बरको कनकासुन्दरी गाउँपालिकाको एम्बुलेन्स आईतबार बिहान दुर्घटना भएको हाे । 

प्रहरी निरीक्षक तथा सूचना अधिकारी भुवन भट्टका अनुसार दुर्घटनामा  तीन जना सामान्य घाईते भएका छन् । कनकासुन्दरी ६ निवासी दलविरे ऐडी बिरामी भई सदरमुकाम ल्याइदै गर्दा दुर्घटना भएको हाे  । प्रहरी निरीक्षक भट्टका अनुसार एम्बुलेन्स सड्कबाट १५,२० मिटर तल एम्बुलेन्स खसेको थियो ।