१७ बैशाख २०८१, सोमबार

रोज ढकाल विजयी काठमाडौं-३१ मा

Saroj Dhakal

काठमाडौं महानगरको वडा नम्बर ३१ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका सरोज ढकाल ४ हजार ७६७ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रकाश रानाले २ हजार ९९१ मत पाए ।

वडाको खुल्ला सदस्य एक जना भने कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अहिलेसम्म महानगरमा अन्तिम परिणाम आएकामध्ये वडा नम्बर १, २, ३, ४, ५, ३१ र ३२ मा एमाले विजयी भएको छ ।

कांग्रेस वडा नम्बर ६, ७, २७, २८ र ३० मा विजयी भएको छ ।

    सम्बन्धित समाचार...