७ बैशाख २०८१, शुक्रबार

सिमखोलामा जिप दुर्घटना हुँदा तीन जनाको निधन

281441868 549038833443020 8463259556353310395 n

मकवानपुरको सिमखोलामा जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । इन्द्रसरोवर गाउँपालिका-२, कुलेखानी सिमखोलामा जिप दुर्घटना हुँदा तीन जनाको निधन भएको प्रहरीले जनाएको छ ।

शनिबार साँझ ५ बजेको समयमा वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना४च २३१५ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा निधन भएकाको सनाखत हुन सकेको छैन । जिपमा सवार ८ जना मध्ये अन्य ५ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि हेटौंडातर्फ लगिएको प्रहरीले जनाएको छ ।