६ बैशाख २०८१, बिहीबार

बाजी मारे ६ पालिका प्रमुख पुनः सुदुरपश्चिममा

unnamed 1

पुनः नेतृत्वमा आउन चाहेका अधिकांस पालिका प्रमुखले पुनः पराजय भोग्नु परे पनि सुदुरपश्चिम प्रदेशमा भने ६ जना पालिका प्रमुख पुनः बाजी मारेका छन ।

बाजुरा, बैतडी, अछामकासहित ६ जना पालिका प्रमुख पुनः बाजी मारेर थप पाँच बर्षे स्थानिय तहको नेतृत्वमा पुग्न सफल भएका हुन ।

बाजुराको जगन्नाथ गाउँपालिका अध्यक्षमा नेकपा एमालेका कालीबहादुर शाही दोश्रो पटक निर्वाचित भएका छन । २०७४ को स्थानीय तह निर्वाचनमा पनि सोही गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।

अछामको मंगलसेन नगरपालिकाको मेयरमा पदमबहादुर बोहरा पनि पुनः निर्वाचित हुन सफल भएका छन । २०७४ मा पनि मेयरमा निर्वाचित बोहरा दोश्रो कार्यकालका लागि निर्वाचित भएर १० बर्षे कार्यकाल सम्हाल्ने अवस्थामा पुगेका छन् ।
अछामका बोहोराले २०७४ सालको स्थानिय तह निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनलाई पराजित गर्दै नगर प्रमुखमा निर्वाचित हुन सफल भएका हुन ।

यसैगरी, बैतडीमा ४ जना गाउँपालिका अध्यक्ष पुनः निर्वाचित भएका छन । यसरी निर्वाचित हुनेमा पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्द, शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँद, सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामी र दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्की रहेका छन ।