२३ बैशाख २०८१, आईतवार

पुनः भएको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न साँफेबगर १३ बाब्लामा

ele 2

साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लामा भएको पुनः मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।

आज बिहान ७ बजे सुरु भएको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो ।

३० वैशाखमा झडपका कारण रद्द भएको मतदान पुनः भएको हो। मतदान केन्द्र राष्ट्रिय माध्यमिक विद्यालयमा सुरक्षा कडा पारिएको थियो ।

सुरक्षाकर्मीले मतदान केन्द्रको सुरक्षाको जिम्मा लिएका थियो । १ हजार ९ सय ६७ मतदाता रहेका बाब्लामा जम्मा १ हजार २ सय ४३ मत खसेका हुन् ।