२१ बैशाख २०८१, शुक्रबार

विद्यार्थीहरुलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउन नेविसंघको माग

95313027 232141354551562 6686531221012348928 n

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विद्यार्थीलाई निःशुल्क इन्टरनेट सुबिधा उपलब्ध गराउन माग गरेको छ ।

निशुल्क इन्टरनेट सेवाको पहल गर्न नेविसंघले आज नेपाल दूरसञ्चार संस्थान र नेपाल दूरसञ्चार प्राधिकरणमा ज्ञापनपत्र बुझाएको छ ।

लकडाउनमा विश्वविद्यालयहरुले अनलानइन कक्षा सुरु गरिसकेको र सरकारले पनि तयारी गरिरहेको भन्दै नेविसंघले विद्यार्थीलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउन माग गरेको हो ।

आइतबार नेपाल टेलिकमलाई ज्ञापनपत्र बुझाउँदै नेविसंघले धेरै विद्यार्थी इन्टरनेटको पहुँचमा पुग्ने नसकेकोले विद्यार्थीको परिचयपत्रका आधारमा निःशुल्क इन्टरनेट उपलब्ध गराउन माग गरेको हो ।

कोरोना भाइरस संक्रमणको त्रासले सम्पुर्ण शिक्षालयहरु ठप्प रहेको अवस्थामा अनलाइन शिक्षा नै अहिलेको माग र आवश्यकता रहेको नेविसंघ अध्यक्ष राजीव ढुगांनाद्धारा हस्ताक्षरित पत्रमा भनिएको छ ।

नेविसंघका महामन्त्री दीपक भट्टराईले विश्व स्वास्थ्य संगठनले कोरोनाको असर दुई वर्षसम्म पर्ने बताइसकेको र यसले नेपालको शिक्षामा पनि असर पार्ने भएकाले अनलाइन कक्षाको व्यवस्था गर्न विद्यार्थीलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउनुपर्ने बताए ।  

96014489 264715414664665 6615693139988447232 n

विद्यार्थीहरुलाई बिहान साँझको खानाको व्यवस्था गर्न नै समस्या भइरहेका अवस्थामा अध्ययनका लागि इन्टरनेटमा महंगो रकम तिर्नु सम्भव नहुने भन्दै निःशुल्क इन्टरनेटको व्यवस्था गर्न सरकारसंग माग गरिएको बताए ।

शिक्षामा पनि दीर्घकालीन उपाय खोज्नु पर्ने महामन्त्री दीपक भट्टराईको भनाइ छ ।

urmila

इन्टरनेट सुविधा सर्वसुलभ र सबैको पहुँचमा पुर्याउन नेविसंघले माग गरेको र त्यही अनुसार सम्बन्धित निकायलाई ज्ञापनपत्र बुझाएको महामन्त्री उर्मिला थपलियाले जानकारी दिइन् ।

नभएको ठाउँमा इन्टरनेट सुविधा छिटो पुर्याउन र भएका ठाउँमा अझ प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्न ज्ञापनपत्र बुझाइएको थपलियाले बताइन् ।

हालकै अवस्थामा अनलाइन कक्षा सञ्चालन गर्दा शिक्षामा विभेदीकरण हुने सबैलाई इन्टरनेटको पहुँचमा पुर्‍याउनु पर्ने नेविसंघको माग छ ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सामुदायिक विद्यालय तथा सरकारी क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीका लागि शिक्षा मन्त्रालय र सञ्चार मन्त्रालयसँगको समन्वयमा केही सहुलियत दिने ठाउँ रहेको बताए । 

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले निःशुल्क इन्टरनेट उपलब्ध गराउँदा टेलिकमको नेटवर्कमा असर पार्ने भएकाले न्यूनतम शुल्कमा उपलब्ध गराउने व्यवस्था गरिएको बताए । उनले नेटवर्क युटिलाइजेसनमा ब्यालेनस पनि हुने र अनावश्यक दवाव पनि नपर्नेगरी विहान ५ बजे देखि १० बजे सम्मका लागि सस्तोदरमा इन्टरनेट उपलब्ध गराइएको बताए ।