२० बैशाख २०८१, बिहीबार

घलेको प्यानल विजयी गठबन्धनलाई हराउँदै गाेरखा धार्चे-६ मा

280894181 1400339640391071 8168536650783863285 n

गाेरखाकाे धार्चे गाउँपालिका-६ मा एमालेका धनकुमार घलेको प्यानल विजयी भएको छ ।

कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको गठबन्धनका उम्मेदवार मानबहादुर गुरुङलाई ४ मतान्तरले हराएर उनी वडाध्यक्ष बनेका हुन् ।

घले ५ सय ६१ मतसहित विजयी हुँदा गुरुङले ५ सय ५७ मत पाएका छन् ।

घले ०७४ काे निर्वाचनमा पनि वडाध्यक्ष बनेका थिए ।