२१ बैशाख २०८१, शुक्रबार

युरोपियन च्याम्पियनसिपमा नेपाललाई ३ स्वर्ण

4

उमा (वल्र्ड युनिफाइड मार्सल आर्ट्स) युरोपियन च्याम्पियनसिपमा नेपालले ३ स्वर्ण पदक जितेको छ । 

युकेको ओर्सेस्टरमा १५ मे देखि सुरुभएको प्रतियोगितामा सञ्जयराज पुटुवारले २ तथा भूपेन्द्र गुरुङले १ स्वर्ण जितेका हुन् । 

प्रतियोगितामा जजको भूमिकामा नेपाल उमा कुङ्फु संघका अध्यक्ष सिद्धार्थ लामा समेत रहेका छन् । 

सञ्जयले छाङ छ्वान र वेपन गरी २ स्पर्धामा नेपालको चुनौती प्रस्तुत गरेका थिए । उनले छाङ छ्वानमा ९ दशमलव ७ तथा वेपनमा ९ दशमलव ८ अंक जोड्दै शीर्ष स्थान हात पारे । 

सञ्जयले यसअघि अस्ट्रियामा भएको विश्व च्याम्पियनसिप, बंगलादेशमा भएको एसियाली च्याम्पियनसिप तथा भारतमा भएको दक्षिण एसियाली च्याम्पियनसिपमा स्वर्ण जितेका थिए ।

भुपेन्द्र गुरुङले चाइनिज फर्मस्को छाङ छ्वानमा ८ दशमलव ९ अंक हासिल गर्दै स्वर्ण चुमे । यसअघि भुपेन्द्रले जर्मनीमा भएको विश्व मार्सल आर्ट्स गेम्समा स्वर्ण जितेका थिए ।

प्रतियोगितामा विभिन्न ११ राष्ट्रका करिब ५५० खेलाडीले सहभागिता जनाएको अध्यक्ष लामाले जानकारी गराए । 

अन्तर्राष्ट्रिय निर्णायक लामाले डेन्मार्क, जर्मनी, थाइल्यान्ड, अमेरिकालगायतका राष्ट्रमा भएका विभिन्न प्रतियोगितामा जजको भूमिका निर्वाह गरिसकेका छन् ।

    सम्बन्धित समाचार...