२१ बैशाख २०८१, शुक्रबार

गोनपा–६ मा स्वतन्त्र उम्मेदवार जोशी विजयी

gorkha munci

गोरखा नगरपालिका वडा नम्बर ६ मा स्वतन्त्र उम्मेदवार दिलिप जोशी विजयी भएका छन् । गुलाफ चिन्हबाट उम्मेदवार बनेका जोशीले ५९९ मत ल्याउदा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका आनन्द गुरुङ (काजी) ले ५०३ मत प्राप्त गरे ।

त्यस्तै, नेकपा एमालेबाट वडाध्यक्षमा उम्मेदवार बनेका सानुकाजी वन्तले २६३ मत प्राप्त गरेका छन् । वडासदस्यमा भने चारै जना काँग्रेसका उम्मेदवार विजयी बनेका छन् । जसमा रञ्जिला श्रेष्ठ, सित्तलकाजी मास्के, मिलन राना मगर र मनिषा परियार रहेका छन् ।