
स्थानीय निर्वाचन २०७९ अन्तरगत माडी नगरपालिका वडा नं.१ को वडाध्यक्षमा राप्रपाका अमित लामा निर्वाचित हुनुभएको छ ।
आइतबार बिहान सकिएको मतगणनामा लामाले १४३३ मत पाउँदै वडाध्यक्ष निर्वाचित हुनुभएको हो । उहाँ यसअघि सोही वडाको निर्वाचित वडा सदस्य हुनुहुन्थ्यो । उहाँका निकटतम् प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार जीवन चौधरी गुरौले ९४३ मत पाउनुभयो भने एमाले उम्मेदवार टिकाराम सुवेदीले १२६ मत ल्याउनुभयो ।
सो वडामा महिला सदस्यमा राप्रपाबाटै अप्सरा सुवेदी, दलित महिला सदस्य राप्रपाकै गुना धमला लोहार र खुल्ला सदस्यमा नेपाली काँग्रेसका जय नारायण लामिछाने र राप्रपाका दिपेन्द्र महतो निर्वाचित हुनुभएको छ ।