७ बैशाख २०८१, शुक्रबार

भारी मूल्यवृद्धि डिजेल र पेट्रोलमा

petrol

सरकारले डिजेल र पेट्रोलको मूल्यमा भारी मूल्यवृद्धि गरेको छ ।

निगमले एकैपटक पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर १०–१० रूपैयाँ बढाएको हो।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको भन्दै निगमले एकैपटक पेट्रोल र डिजेलको मूल्य १०–१० रूपैयाँले मूल्य बढाएको हो।

निगमका अनुसार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेल समेतको साविकको खुद्रा विक्री मूल्यमा प्रतिलिटर १० रूपैयाँ वृद्धि गरेको हो। योसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७०, डिजेल र मट्टितेलको नयाँ खुद्रा विक्री मूल्य १५३ रूपैयाँ कायम गरिएको छ।

निगमका अनुसार एलपी ग्यास तथा हवाई इन्धनको विक्री मूल्य भने हाललाई यथावत राखिएको छ ।