१३ बैशाख २०८१, बिहीबार

पहिलो पटक कांग्रेसले खोल्यो खाता भक्तपुरमा

280215874 3737782249678855 6001855954166027390 n

भक्तपुर जिल्लामा पहिलो पटक नेपाली कांग्रेसले खाता खोलेको छ । जिल्लाको मध्यपुर थिमि नगरपालिका वडा नं १ मा नेपाली कांग्रेसका वडा अध्यक्ष पदमा उम्मेदवार बनेका बाबुकाजी डंगोल विजयी भएसँंगै कांग्रेसले खाता खोलेको हो ।

उनले एक हजार सात सय १० मत पाएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल प्याथले एक हजार दुई सय ९० मत पाएका छन् । जिल्लामा चार वटै नगरपालिकामा मतगणणा चालू छ । चार वटै नगरपालिकामा मतगणणा भइरहँंदा पूर्ण मत परिणाम आएको यो जिल्लाको पहिलो हो ।