१३ बैशाख २०८१, बिहीबार

टेलिकमले सूचना तथा सञ्चार प्रविधि दिवस अफर उपलब्ध गराउने

1651312578

नेपाल टेलिकमले चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा भ्वाइस र डाटा प्याकमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस अफर उपलब्ध गराउने भएको छ ।

यही वैशाख १९ गते मनाइने दिवसको सन्दर्भमा कम्पनीका ग्राहकहरूका लागि नेपाल टेलिकमले अन लिमिटेड डाटा र भ्वाइस सहितको कम्बो प्याक, डाटा प्याक र बोनस अन रिचार्ज उपलब्ध गराउने भएको हो । यो अफर वैशाख १८ देखि वैशाख २४ सम्म उपलब्ध हुने नेपाल टेलिकमले जनाएको छ ।

अफर अन्तर्गत ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा ९८ मा खरिद गर्न सकिने छ ।

त्यसैगरी २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अन लिमिटेड डाटा र अन नेट अन लिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा रु. ९९ मा उपलब्ध हुँदै आएको राष्ट्रिय सूचना तथा सञ्चार दिवसको अवसरमा ५० प्रतिशत छुटसहित जम्मा ४९ मा उपलब्ध हुनेछ ।

यसका साथै टेलिकमले २०० देखि ४९९ रुपैयाँसम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने १ जीबीको डाटा प्याक र ५०० रुपैयाँ तथा सो भन्दा बढीको एमपोस रिचार्ज गर्दा ४ दिनसम्म प्रयोग गर्न सकिने २ जीबी डाटा प्याक पनि उपलब्ध गराइएको छ ।