१४ बैशाख २०८१, शुक्रबार

प्रतिस्पध्री उम्मेदवार र दललाई दुश्मन नठानौ: महामन्त्री शर्मा

Bishow prakash sharma
फाइल फोटो

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावी प्रचार अभियानलाई संयमित र मैत्रीपूर्ण ढंगले अगाडि बढाउन अपिल गरेका छन्।

पछिल्ला दिनमा केन्द्रमा कांग्रेसको घोषणापत्रलाई लिएर एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस महामन्त्री गगनकुमार थापाबीच जुहारी चलेको र स्थानीय स्तरमा पनि दलहरुबीच अस्वस्थ आलोचना र ध्रुवीकरण बढेका बेला महामन्त्री शर्माले यसमा हस्तक्षेप गरेका हुन् । उनले चुनावी प्रतिस्पर्धामा स्वस्थ संस्कृतिका लागि ७ प्रस्ताव गरेका छन् ।

‘चुनावमा विजय हासिल गर्न हामी सबै जोड गरिरहेका छौं चुनावी प्रतिस्पर्धामा संस्कृति चैं कस्तो ?’ उनले प्रश्न गरेका छन्, ‘यसबारे पनि साझा चिन्तन र साझा जोड जरुरी छ । आत्मसात गर्न जरुरी सात प्रस्ताव छन् ।’