७ बैशाख २०८१, शुक्रबार

(विज्ञप्ति सहित) निर्वाचनको कारण देखाउँदै कोरियन भाषा परीक्षा स्थगित, नयाँ मिति अनिश्चित

EPS Korea

स्थानीय तहको निर्वाचनको कारण देखाउँदै कोरिया रोजगारीका लागि लिइने कोरियन भाषा परीक्षा स्थगित भएको छ ।

वैदेशिक रोजगार विभाग ईपीएस शाखाले एक सूचना जारी गर्दै यही वैशाख २६ गतेदेखि हुने भनिएको परीक्षा स्थगित भएको जनाएको छ ।

कोरोना महामारीका कारण २ वर्ष रोकिएको भाषा परिक्षा ईपीएस शाखाले एक सूचना जारी गर्दै स्थगित भएको जानकारी गराएको हो ।

कोरियाले सन् २०२२ का लागि कृषि तथा पशुपालन क्षेत्रमा २ हजार ७ सय ४१ र उत्पादनमूलक क्षेत्रमा ६ हजार ९ सय १३ नेपाली लैजाने तयारी गरेको छ । ईपीएस अन्तर्गत अहिलेसम्म नेपालबाट ७७ हजार नेपाली कोरिया गइसकेको छन् ।

त्यसमध्ये ३५ हजार कोरियाका विभिन्न साना तथा मझौला उद्योगमा कार्यरत रहेका छन् । नेपालबाट सन् २०१९ मा ७ हजार १ सय ३६,सन् २०२० मा १ हजार २७ र सन २०२१ मा ८ सय ३ जना रोजगारीका लागि कोरिया गएका थिए ।

279023578 482749986969926 3317327445735099860 n 768x532 1