१५ बैशाख २०८१, शनिबार

हिमाली क्षेत्रका २२ जिल्लाका लागि आवश्यक करिब ३४ लाख मतपत्र ढुवानी

nepal elecion commison

निर्वाचन आयोग हिमाली क्षेत्रका २२ जिल्लाका लागि आवश्यक पर्ने करिब ३४ लाख मतपत्र ढुवानी गरेको छ ।

स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको र मङ्गलवारदेखि दुर्गम हिमाली तथा उच्च पहाडी जिल्लाहरूमा मतपत्र पठाउन सुरु गरेको निर्वाचन आयोगका सहसचिव तुलसी श्रेष्ठले जनाकारी दिनुभयो ।

आयोगले सुदूरपश्चिम प्रदेशका ५ जिल्ला तथा प्रदेश नं १ का ३ जिल्लामा मतपत्र पठाइएको जनाएको छ ।

यसैगरी, आयोगले कर्णाली प्रदेशका १० जिल्ला तथा सुदूरपश्चिम प्रदेशका ३ जिल्लामा पनि मतपत्र पठाइसकेको आयोगका सहसचिव श्रेष्ठले बताउनुभयो ।

निर्वाचन आयोगले मतपत्र बाहेकका अन्य निर्वाचन सामग्री भने यस अगाडि नै सम्बन्धित जिल्लामा पुर्‍याइसकेको छ ।

आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि करिब १ करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरेको छ भने आजसम्म एक करोड ८७ लाख प्रति अर्थात् कुल आवश्यकताको करिब ८८ प्रतिशत मतपत्र छपाइ कार्य सम्पन्न भइसकेको जनाएको छ ।