१३ बैशाख २०८१, बिहीबार

मुलुकको अर्थतन्त्रमा परेका दबाब व्यवस्थापनको पहल हुँदैछः गभर्नर अधिकारी

mahaparsad
फाइल फोटो

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको बाह्य क्षेत्र दबाबमा परेकाले त्यसको व्यवस्थापनका लागि पहल भइरहेको जानकारी दिनुभएको छ ।

नेपाल राष्ट्र बैंकको ६७ औं वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा गभर्नर अधिकारीले कोभिड प्रभावित अर्थतन्त्र लयमा फर्कँदै गएपनि बाह्य क्षेत्रको दबाब कायमै रहेकाले त्यसको व्यवस्थापनका लागि थप उपायहरु अबलम्बन गर्न तयार रहेको बताउनुभयो ।

कोभिड संक्रमण घट्दै गएकाले अर्थतन्त्रको माग अझै बढ्ने भएकाले विदेशी विनिमय सञ्चितिमा थप चाप पर्ने पनि बताउनुभयो ।

यस्तै कार्यक्रममा पूर्व गभर्नर डाक्टर तिलक रावलले कोरोना प्रभावित अर्थतन्त्र पुनरुत्थानका लागि सरकारले बजेट मार्फत केही गर्न नसकेका बेला राष्ट्र बैंकले मौद्रिक नीति मार्फत राहत दिएको बताउनुभयो ।

अर्थतन्त्र संकटमा रहेका बेला राष्ट्र बैंकले धेरै राम्रा कामहरु गरेको भन्दै उहाँले केही गर्न नसकेको भनेर आलोचना गर्नु गलत भएको बताउनुभयो । उहाँले सरकारले राष्ट्र बैंकको स्वयतता माथि हस्तक्षेप गरेकोमा सरकारको आलोचना समेत गर्नुभयो ।

संकटमा रहेको अर्थतन्त्रको सुधार कसैलाई आरोप लगाएर वा भाषण गरेर सुधार नहुने भन्दै सुधारका प्रयास थाल्न समेत सरकारलाई आग्रह गर्नुभयो । विगतमा राष्ट्र बैंकको बार्षिकोत्सव समारोहमा अर्थमन्त्री प्रमुख अतिथि रहने गरेपनि यसपटक भने अर्थमन्त्री जनार्दन शर्मा कार्यक्रममा सहभागि हुनुभएन ।