१४ बैशाख २०८१, शुक्रबार

बहिष्कार गर्दै आएको विप्लव नेतृत्वको नेकपाको पार्टीको तीन पालिकामा स्वतन्त्र उम्मेदवारी

Biplav

यसअघि चुनाव बहिष्कार गर्दै आएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले जुम्लाका तीन वटा पालिकामा उम्मेदवार दिएको छ । उनीहरूले जुम्लाको कनका सुन्दरी, सिजा र हिमा गाउँपालिकामा विभिन्न पदका लागि उम्मेदवार दिएका हुन् ।

कनकासुन्दरी गाउँपालिकाको अध्यक्षको लागी कृष्ण सुनारले उम्मेदवारी दिएका छन् । त्यस्तै सिजा गाउँपालिकाको अध्यक्षको लागि यसअघि नेत्रविक्रम चन्द ‘विप्लव’का प्यारीलाल धितालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै सिजा गाउँपालिकाको १ वडाध्यक्ष पदको लागी शक्त सिंह रोकायाले उम्मेदवारी दिएका छन् । सोही वडा महिला सदस्यको लागी गंगा रोकायाले उम्मेदवारी दर्ता गराएकी हुन् ।

त्यस्तै हिमा गाउँपालिका ६ वडाध्यक्षको लागी रमेश रावल, कमरेड (बिक्रन्तले) उम्मेदवारी दिएका छन् । ६ वडाध्यक्षका लागी स्वतन्त्र उम्मेदवारीका रमेश रावत ‘विक्रान्त’ यसअघि संसदीय व्यवस्था असफल छ यसलाई परिवर्तन गरेर जनताको व्यवस्था ल्याउनुपर्छ भनेर लागेको बत्ताउँछन् । उनले भने, ‘यस पटक स्थानीय निर्वाचनका लागि वडाध्यक्ष पदको लागि स्वतन्त्र उम्मेदवार दिएको छु ।’

उनले असक्षम, भ्रष्टाचारी तथा कमिसन खोर उम्मेदवारलाई रोजेका कारण जनताले दुख पाएको बताए । उनले शिक्षित, विद्वान् दक्ष,क्षमतावान् युवा विद्यार्थी तथा साझा स्वतन्त्र उम्मेदवारलाई रोज्न अनुरोध गरेका छन् ।