१८ बैशाख २०८१, मंगलवार

नौ लाख बढी लाइक भएको पेज नायिका सुष्माले किन विक्री गरिन् ?

Sushma Karki

नायिका सुष्मा कार्कीले आफ्नो ९ लाख भन्दा बढी लाइक भएको र भेरिफाइड समेत भैसकेको पेज विक्री गरेकी छिन् । अहिले, सुष्माको नाममा चलिरहेको भेरिफाइड पेज एक अनलाइनको समाचार शेयर भैरहेको छ । विगत केही महिनादेखि सुष्मा सामाजिक संजालबाट टाढा भएकी हुन् ।

सुष्माले भने नकारात्मक प्रतिक्रिया धेरै आउन थालेपछि सामाजिक संजालबाट बाहिर भएको प्रतिक्रिया दिन थालेकी छिन् ।

नेपाली फिल्म क्षेत्रमा कुनै समय आइटम गीतमा नृत्य गरेर चर्चा कमाएकी सुष्माको अहिले खासै क्रेज छैन । उनले, फिल्ममा अभिनय त गरिरहेकी छिन् तर उनको चर्चा नकारात्मक रुपमा बढी हुने गरेको छ ।

विशेषगरि, लकडाउनको समयमा सुष्माले नायिका पूजा शर्माको बिषयमा दिएका बयानहरु भाइरल भएपछि उनी पूजाका फ्यानको निशानामा परेकी थिइन् । यसपछि, सुष्माका सामाजिक संजालमा निरन्तर गाली आइरहेको छ ।

सुष्माले यी कुराहरुबाट पर रहन सामाजिक संजाल चलाउन छाडेको वुझ्न सकिन्छ । उनको भेरिफाइड इन्स्टाग्राम पेजबाट फोटोहरु हटाइएको छ ।

277545187 546812190095936 4527029437369148800 n