२०७४ सालको सिट संख्या बाँडफाँट गरिए अमान्य हुने डा. भट्टराईको चेतावनी
जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले गठबन्धनमा २०७४ सालको निर्वाचन हेरेर सिट बाडफाँट गरिए आफूहरुलाई मान्य नहुने बताउनु भएको छ ।
जसपाले रुपन्देहीको शुद्धोधन गाउँपालिकामा गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सम्मानजनक सिट बाँडफाँट भए मात्र गठबन्धनबाट चुनाब लड्ने प्रष्ट पार्नुभयो ।
आफूहरुको पार्टी नयाँ भए पनि भविष्यमुखी भएको दाबी गर्दै भट्टराईले गठबन्धनमा कुरा नमिले आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने दाबी गर्नुभयो ।
अहिले संविधान र लोकतन्त्र कार्यान्वयन पूर्ण नभएको भट्टराईको भनाइ छ । पहिले भ्रष्टाचारीहरु दरबार र सिंहदरबारमा भए पनि अहिले गाउँगाउँमा भ्रष्टाचारी पुगेको बताउनुभयो ।